फेवातालको ६५ मिटर भित्रका संरचना हटाउन ३५ दिने समयसीमा

कास्की । पोखरा महानगरपालिकाका फेवातालको ६५ मिटर भित्र कुनै पनि प्रकारको नयाँ संरचना निर्माण नगर्न र भएका संरचना हटाउन सार्वजनीक सुचना जारी गरेको छ ।
सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार फेवातालदेखि ६५ मिटरभित्र कुनै पनि नयाँ संरचना नबनाउन नगरले निर्देशन दिएको हो ।
ताल किनारका विभिन्न स्थानको अवलोकनका क्रममा केही स्थानमा अदालतको आदेश विपरीत नयाँ संरचनाहरू निर्माण भइरहेको पाइएपछि नगरले ती संरचनाहरू निर्माण कार्य तत्काल रोक्नका साथै निर्माण सामाग्रीहरू जफत गर्न नगर प्रहरीलाई निर्देशन दिएको छ ।
महानगरको निर्देशनलाई अटेर गरी संरचना निर्माण गरे भत्काउन लाग्ने खर्च समेत सम्बन्धित व्यक्तिबाट असुलउपर गरिने महानगरले जनाएको छ ।
महानगरपालिकाको टोली शनिबार फेवातालको जलाधार क्षेत्रमा पर्ने सिमसार पुगेर फर्किएको छ । फेवातालको माथिल्लो क्षेत्रमा पानीको प्राकृतिक बहावलाई रोक्ने गरी ढुङ्गा माटो थुपारिएको पाइएकाले त्यसलाई हटाएर पुरानै लयमा फकाईने महानगरपालिकको योजना छ । सिमसार क्षेत्र कृषि प्रयोजनका लागि मात्र उपयोग गर्न पाइने र महानगरभित्र भूमिको वर्गीकरण गर्ने कार्य अन्तिम चरणमा पुगेको महानगरले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्