पर्यटनमन्त्री श्रेष्ठद्वारा ‘भूकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हल’ शिलान्यास
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौँको डल्लु आवास क्षेत्रमा निर्माण हुने बहुउद्देश्यीय कभर्ड हल शिलान्यास गर्नुभएको छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहनुभएका मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सहयोगमा निर्माण हुने ‘भूकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हल’ को शनिवार काठमाडौँ-१५ स्थित डल्लु आवास क्षेत्रमा शिलान्यास गर्नुभएको हो ।
साढे ४ करोड लागतमा बन्ने कभर्ड हलमा राष्ट्रिय-अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता तथा तालिमहरू सञ्चालन गर्न सकिने मन्त्री श्रेष्ठले बताउनुभयो । बहुउद्देश्यीय कभर्डहल ६ रोपनी जग्गामा निर्माण हुनेछ ।
कभर्ड हलमा भलिबल, ब्याडमिन्टन, टेबल टेनिस खेलका साथै ध्यान, योग, सेमिनार जस्ता कार्यक्रम सञ्चालन गर्न समेत सकिनेछ । स्थानीय स्तरमा खेलाडी उत्पादनमा पनि कभर्ड हल सहयोगी सिद्ध हुने मन्त्री श्रेष्ठले बताउनुभयो । कभर्ड हल नौ महिनाभित्र सम्पन्न हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्