तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश खोप सुनिश्चितता घोषणा

दाङ । लुम्बिनी प्रदेशलाई खोप सुनिश्चितता घोषणा गरिएको छ ।

प्रदेश स्थायी मुकाम दाङको राप्ती गाउँपालिकामा आज आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्नुभएको हो ।

सो अवसरमा प्रदेश प्रमुख शेरचनले स्थानीय तह र सरोकारवालाहरूको अपनत्व र सहभागितामा प्रदेशलाई पूर्ण खोप सुनिश्चितता घोषणा सम्भव भएकोले खोप कार्यक्रमलाई शतप्रतिशत रुपमा सफल बनाउन आग्रह गर्नुभयो ।

प्रमुख शेरचनले स्थानीय स्रोत साधनको अधिकतम प्रयोग गरेर बालबालिकाहरूलाई राष्ट्रिय खोप तालिकाअनुसार खोप उपलब्ध गराइ रोग प्रतिरोधात्मक क्षमता बढाउनु पर्नेमा जोड पनि दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button