भौतिक पूर्वाधार विकास सरकारको प्राथमिकता: मन्त्री राई
नेपालगञ्ज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले वर्तमान सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ ।

आज बाँकेको नेपालगञ्जमा हुलाकी सडक अन्तर्गत नेपालगञ्ज गुलरिया सडकखण्डको स्तरोन्नति कार्यको शिलान्यास गर्दै मन्त्री राईले आर्थिक विकास र समृद्धिको बाटोमा मुलुकलाई अग्रसर बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले आगामी पाँच बर्ष स्थिर सरकार चलाउने उद्देश्यका साथ सत्तारुढ गठबन्धनले चुनावमा पनि गठबन्धन गरेर जाने निर्णय लिएको बताउनुभयो । मन्त्री राईले सरकार निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन गराउन कटिबद्ध रहको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्