सर्वाङ्गीण विकासमा योगदान दिने गरी बाल प्रज्ञा प्रतिष्ठान स्थापना गर्नुपर्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकाको सर्वाङ्गीण विकासमा योगदान दिने गरी बाल प्रज्ञा प्रतिष्ठान स्थापना गर्नुपर्ने बताउनुभएको छ ।
५८ औँ राष्ट्रिय बाल दिवसका अवसरमा आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले बाल प्रज्ञा प्रतिष्ठान गठन गरी त्यसैमार्फत बालबालिका लक्षित नीति तथा कार्यक्रमहरू अगाडि बढाउनुपर्ने बताउनुभयो ।
नेपाल बाल सङ्गठन र किताब चरो नेपालले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाल बाल सङ्गठन लगायतका संस्थाहरूको कार्यक्षेत्र विस्तार गर्दै लैजानुपर्नेमा समेत जोड दिनुभयो ।
कार्यक्रममा विद्यालय स्तरमा सञ्चालित कथा लेखन, निबन्ध लेखन, गायन, नृत्य, चित्रकला लगायतका विभिन्न प्रतियोगितामा प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रतियोगीलाई राष्ट्रपति भण्डारीले नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।
यस्तै, कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाल बाल सङ्गठनका उत्कृष्ट कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार वितरण समेत गर्नुभयो ।






प्रतिक्रिया राख्नुहोस्