तपाईँ सुन्दै हुनुहुन्छः

ललितको ‘देउरालीमा’ सार्वजनिक

सोलुखुम्बु । सोलुखुम्बुका युवा गायक ललित राईको स्वरमा रहेको ‘देउरालीमा’ बोलको गीत सार्वजनिक भएको छ ।

टिका चाम्लिङको शब्द, जसिहाङ राईको सङ्गीत, राजु कार्कीको सङ्गीत संयोजन रहेको गीत स्टुडियो, भिडियो सहित सार्वजनिक भएको हो ।

मुना राई, रोशना राई र सुस्मा राईले गायक ललित राईलाई कोरसमा साथ दिएका छन् । याममामा सेकुवा घर, खुमलटारले निर्माण गरेको स्टुडियो भिडियो गाउँले इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । उक्त स्टुडियो भिडियोमा छायाङ्कन र सम्पादन गङ्गाराम राईले गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button