तपाईँ सुन्दै हुनुहुन्छः

सप्तकोशीमा जलसतह बढ्यो: तटीय क्षेत्रमा सशस्त्र प्रहरी उद्धारका लागि तयारी अवस्थामा

सप्तरी। बुधबारदेखि देशभर भइरहेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह अत्यधिक बढेको छ। नदीमा पानीको सतह बढेसँगै तटीय क्षेत्रका बस्तीहरू उच्च जोखिममा परेका छन्।

सम्भावित विपद्लाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बल ६ नं. गण हेक्वा. सप्तरी तथा बीओपी (को. बरसाइन) को टोली विपद् व्यवस्थापन र उद्धारका लागि तयारी अवस्थामा राखिएको छ।

तटीय क्षेत्रका बासिन्दा जोखिममा रहेकाले कुनै पनि आपत्कालीन स्थितिमा तत्काल उद्धार टोली खटाउन सकिने गरी उच्च सतर्कताका साथ राखिएको सशस्त्र प्रहरी उपरीक्षक नवीन सिंह राईले जानकारी दिनुभएकाे छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button