तपाईँ सुन्दै हुनुहुन्छः

करम पूजा पर्व सम्पन्न 

मोरङ । नेपाल मुण्डा समाज कटहरीको आयोजनामा आज परम्परागत तथा सांस्कृतिक पर्व करम पूजा सम्पन्न भएको छ।

मुण्डा समुदायको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा मनाइने करम पूजामा समुदायका महिला, पुरुष तथा युवायुवतीहरूको सहभागिता रहेको थियो। पूजामा करम वृक्षको पूजा–आराधना गर्दै सुख, शान्ति, समृद्धि तथा समुदायको उन्नतिको कामना गरिएको थियो।

कार्यक्रममा मुण्डा समुदायको मौलिक संस्कृति, परम्परा, भेषभूषा तथा नृत्य–सङ्गीतसमेत प्रस्तुत गरिएको थियो। सहभागीहरूले करम पर्वले समुदायको मौलिक पहिचान र पुस्तौँदेखि चलिआएको संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताएका थिए।

नेपाल मुण्डा समाज कटहरीले आगामी दिनमा पनि समुदायको भाषा, संस्कृति, संस्कार तथा परम्पराको संरक्षण र प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button