विशिष्ट व्यक्तिको सुरक्षा अनुशिक्षण तालिम सम्पन्न
सुनसरी । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले सञ्चालन गरेको ३ कार्य दिन अवधिको विशिष्ट व्यक्तिको सुरक्षा पुनर्ताजगी अनुशिक्षण तालिम सम्पन्न भएको छ ।

आज भएको समापन कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले तालिममा सिकेका ज्ञान र सीपको व्यवहारिक रुपमा अक्षरशः पालना गरी विशिष्ट व्यक्तिहरूको सुरक्षामा अहोरात्र खटिन सहभागी प्रशिक्षार्थीहरूलाई निर्देशन दिनुका साथै प्रशिक्षार्थीहरुसंग अन्तरक्रिया समेत गर्नुभएको थियो ।
भाद्र २६ गतेबाट सञ्चालन भएको तीन कार्य दिन अवधिको विशिष्ट व्यक्तिको सुरक्षा पुनर्ताजगी अनुशिक्षण तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिनुका साथै छोटो हतियारबाट फाइरिङ समेत गराइएको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्