‘भारतविरुद्धको फाइनल खेल कठिन हुन्छ’
काठमाडौँ । नेपाली राष्ट्रिय यु–१७ फुटबल टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भारतविरुद्धको फाइनल खेल कठिन हुने बताउनुभएको छ ।
श्रीलङ्कामा जारी साफ यु–१७ च्याम्पियनसिप फुटबलको फाइनल अघि मङ्गलवार आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै मुख्य प्रशिक्षक श्रेष्ठले फाइनल खेल कठिन हुने बताउनुभएको हो ।
कोलम्बोको रेस कोर्स ग्राउन्डमा बुधबार हुने फाइनलमा नेपालले बलियो टोली भारतको सामना गर्नेछ । फाइनल खेल राति ८ः१५ बजे सुरु हुनेछ ।
प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतले बङ्गलादेशलाई २–१ ले हराएको थियो । दोस्रो सेमिफाइनलमा नेपालले आयोजक श्रीलङ्कालाई ६–० ले हराएर भारतसँगको भेट पक्का गरेको हो ।
प्रतियोगितामा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । भारतले भने समूह चरणमा एक हार व्यहोर्यो । नेपालले समूह चरणमा भारतलाई ३–१ गोल अन्तरले हराएको थियो । बुधबार नेपाल त्यहीँ जितलाई कायम राख्दै उपाधि उचाल्न चाहन्छ । यता, भारत भने नेपालविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।








प्रतिक्रिया राख्नुहोस्