विश्व मुटु दिवसको अवसरमा खुल्ला सडक दौड प्रतियोगिता हुने
धनकुटा । विश्व मुटु दिवसको अवसरमा धनकुटामा खुल्ला सडक दौड प्रतियोगिता हुने भएको छ ।
पत्रकार सम्मेलन गदै पूर्व प्रहरी संस्थाले धनकुटामा असोज १३ गते खुल्ला दौड प्रतियोगिता गर्ने जनाएको हो । असोज १३ गते हुने दौड प्रतियोगितामा सहभागी हुने खुल्ला धावकहरूले १५ किलोमिटर र महिला धाविकाहरूले ८ किलोमिटर दुरी पार गर्नुपर्ने छ ।
प्रतियोगितामा सहभागी हुन चाहने भदौ २८ गतेदेखि असोज १२ गतेसम्ममा ५ सय रुपैयाँ शुल्क तिरी नाम टिपाउन सक्ने पूर्व प्रहरी संस्था धनकुटाका अध्यक्ष योगेन्द्र काकीले जानकारी दिनुभयो। प्रतियोगितामा खुल्लातर्फ प्रथम, दोस्रो र तेस्रो हुनेलाई जनही ३० हजार, २० हजार र १० हजार र चौथो र पाँचौँलाई सान्त्वना दिइने आयोजकले जनाएको छ। यस्तै महिलातर्फ प्रथम, दोस्रो र तेस्रो हुनेलाई जनही १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कारको व्यवस्था रहेको छ।
यस्तै ४० वर्ष माथिको १ जनालाई प्रथम पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ। करिब ३ लाख ५० हजार रुपैयाँको अनुमानित लगानीमा हुन गइरहेको सो दौड प्रतियोगितामा जो कोही नेपाली नागरिकले सहभागी हुन पाउने छन्।
पूर्व प्रहरी संस्था धनकुटाले गत वर्ष पनि खुल्ला दौड प्रतियोगिता आयोजना गरेको थियो।







प्रतिक्रिया राख्नुहोस्