साउदीमा अलपत्र जुम्लाका नौ जना कामदारको उद्धार गरी नेपाल ल्याइँदै

जुम्ला । साउदीमा अलपत्र जुम्लाका ९ जना कामदारको उद्धार गरी नेपाल ल्याइँदै छ ।
वैदेशिक रोजगारीका लागि साउदीमा पुगेको जुम्ला गुठिचौर गाउँपालिकाका वडा नंं. १ का ९ जना कामदार अलपत्र परेका थिए । महिना दिनदेखि उद्धारका लागि गुहार गरिरहेका ९ जना जुम्ली कामदारको उद्धार गरी आज नेपाल ल्याउन लागिएको हो ।
गुठिचौर गाउँपालिका १ नम्बर वडाध्यक्ष अर्जुन कुमार महतारा, राप्रपाका केन्द्रिय प्रवक्ता ज्ञानेन्द्र शाही र राप्रपाका युवा नेता अनुप थापाको पहल र अगुवाइमा साउदीमा अलपत्र ९ जना जुम्लाका कामदारको उद्धार गरी आज नेपाल ल्याउन लागिएको हो ।
प्रवक्ता शाहीले उद्धारका लागि नेपाल र साउदीको राजदूतावासलगायत विभिन्न निकायमा पहल गर्नुभएको थियो भने वडाध्यक्ष महतारा र युवा नेता थापाले आर्थिक सङ्कलन गर्नुभएको थियो ।
तीनै जना युवा नेताको साझा पहलमा साउदीमा अलपत्र ९ जनाको उद्धार गरिएको अनुप थापाले बताउनुभयो ।
साउदीमा अलपत्र पर्नेमा गोठिचौर गाउँपालिका वडा नम्बर १ का नीराजन थापा, डिलबहादुर रोकाय, शान्त बहादुर रोकाय, खडग रोकाय, लक्ष्मी बहादुर रोकाय,प्रताप लामा, एकराज ऐडि,आनन्द रोकाय, जनक बुढा रहेका छन् ।
“राम्रो तलब दिने कुनै गडबड नहुने भनी नेपालबाट ‘ब्लु ग्यालेक्सी’ कम्पनीले साउदी पठाएको रहेछ । तर साउदीमा ‘क्यु सिएम’ कम्पनीले जुन काम र तलब दिन्छु भनी लिएको थियो त्यो काममा नलगाएर अर्कै काममा लगाई तलब पनि नदिँदा अलपत्र परेका ९ जना जुम्ली नागरिकको उद्धार गरेका छौँ”, वडाध्यक्ष महताराले भन्नुभयो ।
उनीहरुलाई नेपालबाट बैङ्क क्लिनर र हस्पिटल क्लिनरको रुपमा पठाइए पनि आर्मी ब्यारेकमा काम लगाइदिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्