तपाईँ सुन्दै हुनुहुन्छः

‘आत्महत्या रोकथाम गर्न जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ’

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले आत्महत्या रोकथामका लागि जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा स्वदेश फाउन्डेसन नेपालले आयोजना गरेको कार्यक्रममा राज्यमन्त्री केसीले आत्महत्या विकराल समस्याका रुपमा रहेको भन्दै रोकथामका लागि जनचेतनाका कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।

मानसिक स्वास्थ्य प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । राज्यमन्त्री केसीले मानसिक रोगको लक्षण र जटिलताको रूपमा उब्जिने आत्महत्याको समस्या पनि विकराल बन्दै गएको उल्लेख गर्नुभयो ।

स्वास्थ्य सेवा प्रदायकहरूले आत्महत्याको खतरा सूचक लक्षणहरूको पहिचान गरी व्यवस्थापन गर्नमा एक भई अघि बढ्न जरुरी भएको बताउनुभयो ।

कार्यक्रम फाउन्डेसनका अध्यक्ष गङ्गादेवी उप्रेतीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button