पहिरो पीडितका लागि निर्माण भएको सामूहिक बस्ती दुई वर्षसम्म पनि हस्तान्तरण भएन
अछाम । अछामको मेल्लेख गाउँपालिका रिठागाउँका सुख्खा पहिरो पीडितका लागी बनाइएको सामूहिक बस्ती निमार्ण भएको दुई वर्षमा समेत हस्तान्तरण भएको छैन ।
२०७५ भदौ २३ गते गाउँपालिकाको वडा ७ नन्देगडाको रिठागाउँ माथिबाट सुख्खा पहिरो गएपछि गाउँ नै पहिरोको जोखिमा परेपछि सुदूरपश्चिम सरकार र गाउँपालिले आर्थिक बर्ष २०७६/०७७ मा ५० लाख र २०७७/०७८ मा ६० लाख गरि कुल १ करोड १० लाखमा १६ घर निमार्ण गरेको थियो ।
१६ परिवारका लागि बनाइएको सामूहिक बस्तीका घर निमार्ण भएपनि बस्तीमा खानेपानी, विद्युत् जडान लगायतका कार्य अझैसम्म भएको छैन, भने शौचालयहरू समेत पूर्ण रुपमा निमार्ण भएका छैनन् । केही परिवारले बर्षामा पहिरो खस्ने डरले बस्ती हस्तान्तरण नभए पनि आफूहरू बसेको स्थानीय नन्दा परियारले बताउनुभयो ।
केही परिवारले भने गाउँबाट सामूहिक बस्ती टाढा भएको, खेतीपाती देखि बस्तुभाउ समेत गाउँमै भएका कारण पहिरोको जोखिम भएपनि गाउँमै बसिरहेका छन् ।
रहेको बाँकी काम सकाएर बस्ती समुदायलाई हस्तान्तरण गरिने मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिंह साउँदले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्