तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्र सचिव पौड्याल भदौ २८ गते भारत भ्रमणमा जाने

काठमाडाैँ । परराष्ट्र सचिव भरतराज पौड्याल भारतका विदेश सचिव विनय मोहन क्वात्राको मैत्रीपूर्ण निमन्त्रणामा यही भदौ २८ गते भारतको औपचारिक भ्रमणमा जानुुहुने भएको छ ।

परराष्ट्र सचिव पौड्यालले भदौ २८ देखि २९ गते (सेप्टेम्बर १३ देखि १४ तारिख) सम्म भारतको औपचारिक भ्रमण गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा सचिव पौड्यालले आफ्ना भारतीय समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ ।

भेटवार्तामा दुई पक्षबीच नेपाल र भारतबीचको सहयोगका विभिन्न क्षेत्रमा छलफल हुने बताइएको छ । भ्रमण सम्पन्न गरी सचिव पौड्याल भदौ ३० गते स्वदेश फर्कनुहुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button