तपाईँ सुन्दै हुनुहुन्छः

लोकतन्त्रको हितका लागि गठबन्धन: गृहमन्त्री खाण

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले पार्टी र लोकतन्त्रको हितका लागि गठबन्धन आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले भन्नुभयो, “कतिपयलाई रुचिकर नहुन सक्छ । पार्टी र लोकतन्त्रको हितका लागि गठबन्धन जरुरी छ ।” उहाँले विधिको शासन र संविधानको रक्षाका लागि गठबन्धन अघि बढेको छ भन्नुभयो । बिपीको प्रजातान्त्रिक समाजवादको सान्दर्भिकता अझै बढेर गएको उहाँको भनाइ थियो । विश्वमा नेपाललाई चिन्दै गर्दा सगरमाथाको देश, गौतमबुद्ध जन्मिएको देश र बिपीको जन्मभूमि भनेर चिन्ने गरेको उहाँको भनाइ छ । 

कांग्रेसका केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले निर्वाचनमा  गठबन्धनको उम्मेदवारले हार्नुपर्दा गठबन्धनले हार्ने भएकाले सोहीअनुरूप परिचालन हुन अनुरोध गर्नुभयो । कार्यक्रममा अर्का कांग्रेस केन्द्रीय सदस्य अञ्जनी श्रेष्ठ, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, पूर्वजिल्ला सभापति रामकृष्ण घिमिरे र क्षेत्रीय सभापति राजु सिलवालले आउँदो निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी हुने गरी एकजुट बनाएर अघि बढाउनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा जिल्लाका विभिन्न तह र तप्कामा रहेर पार्टीलाई योगदान पुर्‍याउने जीवित र मरणोपरान्त गरी एक सय ५० लाई सम्मान गरिएको थियो । रासस  

प्रतिक्रिया राख्नुहोस्

Back to top button