तपाईँ सुन्दै हुनुहुन्छः

मधेस सरकारले सञ्चार ऐन चाँडै ल्याउने :  मन्त्री साह 

बारा  । मधेस सरकारका गृह तथा सञ्चार मन्त्री भरत साहले सरकारले सञ्चार ऐन चाँडै ल्याउने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ बाराले आयोजना गरेको १६ वटा स्थानीय तहमा समृद्ध विकासका लागि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सञ्चार मन्त्री साहले पहिला नै सञ्चार ऐन आए पनि त्यसमा धेरै नै त्रुटि रहेको बताउनुभयो ।

उहाँले ऐनलाई संशोधन गर्दै सदनमा निर्माणार्थ पेश गरेको हुँदा चाँडै नै प्रमाणीकरण भई कार्यान्वयनमा आउने प्रष्ट पार्नुभयो । 

उहाँले मधेस सरकारले आम सञ्चार बोर्ड, मिडिया काउन्सिल र चलचित्र बोर्ड गठन गरी मधेस प्रदेशभित्र रहेका मिडियाहरूलाई प्रवर्द्धन र सम्वद्र्धन गर्ने काममा अगाडि बढिरहेको बताउनुभयो । 

उहाँले मधेस प्रदेश भित्रका पत्रकारहरूका लागि बीमाको व्यवस्था गरिएको पनि जानकारी दिनुभयो । 

पीत पत्रकारितालाई निरुत्साहित गर्दै सभ्य समाज निर्माण, समृद्धि र विकासका लागि पनि सत्य तथ्य रुपमा कलम चलाउन उहाँले सबै पत्रकारहरूलाई आग्रह समेत गर्नुभयो  ।

पत्रकार महासङ्घ बाराको अध्यक्ष रेशम तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य गोपाल ठाकुर, जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, सिम्रौनगढ नगरपालिकाका प्रमुख किशोरी साह, प्रसौनी गाउँपालिकाका अध्यक्ष रामक्षेत्री पटेल, प्रसौनीका अध्यक्ष बिनोद प्रसाद जयसवाल, बारागढीका अध्यक्ष अशोक प्रसाद साह, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, महागढीमाई नगरपालिकाकी उपाध्यक्ष तारादेवी कानु, नेपाल पत्रकार महासंधका निवर्तमान प्रदेश सचिव गुरु प्रसाद गौतम, प्रेस युनियनका अध्यक्ष श्यामबाबु प्रसाद यादव, पत्रकार महासंधका उपाध्यक्ष रामबाबु मेहता, सचिव अनिल कुमार गौरव, सदस्य पन्नालाल दास लगायतकाले आफ्नो बिचार राख्नुभएको थियो ।    

प्रतिक्रिया राख्नुहोस्

Back to top button