चितवनमा दाना उद्योगमा आगलागी

चितवन । चितवनको एक कुखुरा गोदाममा आगलागी हुँदा डेढ करोड बराबरको क्षति भएको छ । राप्ती नगरपालिका वडा नम्बर ३ झुरझुरे स्थित किरण ओलीको मञ्जुश्री दाना उद्योगको गोदाममा आगलागी भएको हो ।
राती १ बजेर ४० मिनेटको समयमा गोदाममा विद्युत् सर्ट भई आगो लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिनुभयो । दमकल, प्रहरी र स्थानीयको सहयोगमा बिहान ३ बजेर २० मिनेटमा आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट दाना बनाउन प्रयोग हुने मेशिन, बिजुलीका सामान,दाना डढेपछि डेढ करोड बराबरको क्षति अनुमान गरिएको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्