प्रधानमन्त्री देउवाद्वारा महारानी एलिजावेथको निधन प्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजावेथको निधन प्रति दुःख व्यक्त गर्नुभएको छ।
आज एक ट्विट गर्नुहुँदै प्रधानमन्त्री देउवाले महारानी एलिजाजेथको निधनले नेपाल र नेपाली जनताले एक महान् प्रशंसक गुमाएको उल्लेख गर्नुभएको छ ।
देउवाले सन् १९६१ र १९८६ मा रानी एलिजावेथले गर्नुभएको दुई महत्त्वपूर्ण राज्य भ्रमणका लागि सधैँ मायापूर्वक सम्झिने बताउनुभएको छ।
महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको हो। उहाँको निधन स्कटल्यान्डमा रहेको बालमोरल क्यासलमा भएको हो ।
एलिजाजेथले बेलायतमा सबभन्दा लामो समय, ७० वर्ष सात महिना अवधि शासन गर्नु भएको थियो । उहाँ सन् १९५२ मा महारानी बन्नुभएको थियो । अब उहाँपछि उहाँका जेठा छोरा चार्ल्स बेलायतका राजा बन्नुहुनेछ ।









प्रतिक्रिया राख्नुहोस्