तपाईँ सुन्दै हुनुहुन्छः

डेङ्गुबाट कैलालीमा १२ वर्षीया बालिकाको मृत्यु

टीकापुर कैलाली । डेङ्गुबाट कैलालीको टीकापुरकी एक बालिकाको मृत्यु भएको छ । 

टीकापुर नगरपालिका वडा नम्बर ६ आमवासाकी १२ वर्षीया बालिकाको मृत्यु भएको टीकापुर नगरपालिका स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले जानकारी दिनुभयो । 

उनको उपचारका क्रममा बुधबार साँझ नै नेपालगंज भेरी अस्पतालमा मृत्यु भएको र आफूकहाँ आज मात्र खबर आएको संयोजक रावलले बताउनुभयो । 

सिकिस्त बिरामी भएका कारण बालिकालाई १९ गतेदेखि भेरी अस्पतालको आइसियुमा उपचारका लागि भर्ना गरिएको थियो ।

यसअघि धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया गीता शाहीको डेंगुका कारण मृत्यु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button