तपाईँ सुन्दै हुनुहुन्छः

साहको साथबाट १ लाख ८० हजार रकम लुटियो

जनकपुरधाम । धनुषाको सपही गाउँपालिकाका रामदेव साहको साथमा रहेको रकम लुटिएको छ । सपहीमा रहेको मेघा बैङ्कबाट रकम झिकेर घरतर्फ जान लागेको बेलामा पछाडिबाट मोटरसाइकलमा आएका दुई जनाले आज दिउँसो रकम राखेको झोला लुटेर फरार भएका थिए ।

बैङ्कबाट साहले १ लाख ८० हजार रकम झिकेर घरतर्फ जान लाग्दा पछाडिबाट मोटरसाइकलमा सवार भएका दुई जनाले हातबाट झोला लिएर फरार भएको पीडितको भनाई उद्धृत गर्दै धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिनुभयो ।

घटनाको विषयमा छानविन भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । रकम लुट्नेको खोजी भइरहेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौलेले जानकारी दिँदै यसमा संलग्न प्रहरीको नियन्त्रणमा आउने बताउनुभयो ।

केही महिना अगाडी मात्र जनकपुरधामबाट महिलासँग रकम लुटेर फरार भएका दुई लुटेरालाई प्रहरीले लुटिएको रकमसहित पक्राउ गरेर सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button