तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा डेंगुबाट दुई जनाको मृत्यु

नेपालगञ्ज । बाँकेमा डेंगुबाट दुई जनाको मृत्यु भएको छ । 

भेरी अस्पतालमा मृत्यु भएका दुवै जना जिल्ला बाहिरका हुन् । एक जना कैलाली र अर्का बर्दियाका बिरामीको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

बढैयाताल गाउँपालिका–८ बर्दियाका ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका ६ कैलालीकी १२ वर्षीया बालिकाको उपचारका क्रममा आज भेरी अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button