तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभाको रिक्त विषयगत समितिमा चार जनाको उम्मेदवारी 

काठमाडौँ । राष्ट्रियसभा अन्तर्गत गठित चार वटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि चार जनाको उम्मेदवारी परेको छ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५० को उपनियम (१) बमोजिम राष्ट्रिय सभाअन्तर्गत गठित चार वटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि राष्ट्रियसभाका चार सदस्यहरूको उम्मेदवारी परेको हो ।

चार वटा समिति अन्तर्गत दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा.बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा, र  राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिल कुमारी रावल थापा (पार्वती)को उम्मेदवारी परेको छ ।

निर्वाचन कार्य तालिकाअनुसार सभापतिका लागि राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलको कार्यकक्षमा उहाँहरूले उम्मेदवारी दर्ता गराउनुभएको हो  ।

सबै समितिमा एक/एक जनाको उम्मेदवारी परेका कारण सबै सर्वसम्मत हुनुहुने भएको छ  । सभापतिका लागि भदौ २३ गते बिहीबार निर्वाचन गर्ने तय भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button