तपाईँ सुन्दै हुनुहुन्छः

‘सबैको अस्तित्व स्वीकार हुने गरी सिट बाँडफाँट हुन्छ’

कैलाली । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबैको अस्तित्व स्वीकार हुने गरी सिट बाँडफाँट हुने बताउनुभएको छ । आज धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले गठबन्धनमा मागेअनुसार सिट भाग नपरे पनि सबैको अस्तित्व स्वीकार हुने गरी सिट बाँडफाँट हुने बताउनुभएको हो ।

file photo

अध्यक्ष प्रचण्डले बुधवारभित्र सिट बाँडफाँट टुङ्गो लगाउने गरी छलफल भइरहेको बताउनुभयो । सत्ता गठबन्धनले प्रभावकारी तालमेल गरेरै निर्वाचनमा जाने अध्यक्ष प्रचण्डको भनाइ छ ।

निर्वाचनपछि बन्ने नयाँ सरकारले मुलुकलाई नयाँ गतिमा अघि बढाउने उहाँले बताउनुभयो । संसद् लम्ब्याउने कुरा पनि आइरहेको छ, भन्ने सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा अध्यक्ष प्रचण्डले भन्नुभयो ‘‘संसद् लम्ब्याउन हुँदैन भन्ने कुरामा हामी स्पष्ट छौँ, अस्ति हामीले गठबन्धनको बैठकमा नै एक दिन पनि यताउता गर्न हुँदैन र मङ्सिर ४ मा नै निर्वाचन हुन्छ, मनोनयनपछि संसद् नरहने हामीले भनी सकेका छौँ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button