तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारीसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । 

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहबीच राष्ट्रपति भण्डारी समक्ष भाषा आयोगका अध्यक्ष अवस्थीले आयोगको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । 

प्रतिवेदन पेश गर्नुहुँदै भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले आयोगले नेपाली भाषाका अतिरिक्त विभिन्न ११ वटा अन्य भाषालाई प्रदेशगत रुपमा सरकारी कामकाजको भाषाको रुपमा सिफारिस गरेको बताउनुभयो । 

अध्यक्ष अवस्थीले भाषाको संरक्षण, संवर्द्धन र विकासका लागि भाषिक सर्वेक्षण गर्नु आवश्यक रहेको उल्लेख गदै मातृ भाषाको प्रयोग र विस्तारमा जोड दिनुपर्ने आयोगको सुझाव रहेको पनि बताउनुभयो । 

कार्यक्रममा राष्ट्रपति कार्यालयका सचिव यादवप्रसाद कोइरालाले भाषा संरक्षण एवम् संवर्द्धनका लागि भाषा आयोगले खेलेको भूमिका सराहानिय रहेको बताउनुभयो । 

समारोहमा राष्ट्रपति कार्यालयका उच्च पदस्थ अधिकारी, भाषा आयोगका पदाधिकारी, कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

तस्बिर : सुनिल सि बज्राचार्य, राष्ट्रपतिको कार्यालय

प्रतिक्रिया राख्नुहोस्

Back to top button