तपाईँ सुन्दै हुनुहुन्छः

ओपेकले अक्टोबरदेखि दैनिक एक लाख ब्यारेलले उत्पादन कटौती गर्ने

भियना। पेट्रोलियम पदार्थ निर्यात गर्ने देशहरूको सङ्गठन (ओपेक) र यसका सहयोगीहरू, ओपेक समूहले सोमबार मन्दीको डरले हालै घटेको तेलको मूल्यलाई बलियो बनाउन अक्टोबरमा उत्पादन थोरै कटौती गर्ने घोषणा गरेको छ।

तेल गठबन्धनले आफ्नो सेप्टेम्बरको तुलनामा अक्टोबरमा प्रति दिन एक लाख ब्यारेलले उत्पादन कटौती गर्ने निर्णय गरेको छ । ओपेक र गैर-ओपेक मन्त्रीस्तरीय ३२औं बैठकपछि जारी गरिएको विज्ञप्तिमार्फत सो बारे जानकारी गराइएको छ ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button