गठबन्धन अहिलेको आवश्यकता: अध्यक्ष भट्टराई
धनगढी । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान गठबन्धन अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले काँग्रेस र माओवादी केन्द्र शान्ति र संविधान निमार्णको मुख्य पक्षधर दल भएकाले गठबन्धन स्वाभाविक भएको बताउनुभयो । अध्यक्ष भट्टराईले वर्तमान गठबन्धन दलबाटै आफू गोर्खा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार रहने बताउनुभयो ।
सञ्चारकर्मीको जिज्ञासा उहाँले नेकपा एमालेसँग चुनावी तालमेल नहुले उल्लेख गर्दै हिन्दु राष्ट्र र राजसंस्थाको पक्षपाती राप्रपा जस्ता दलसँग गठबन्धन गरिनु संविधान विपरीत हुने बताउनुभयो । मुलुक निर्वाचनतर्फ अघि बढिरहेकाले पार्टीको सम्पूर्ण शक्ति निर्वाचन केन्द्रित गरिएको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्