तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय स्थल सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह र खड्ग प्रदान

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह, खड्ग तथा प्रमाणपत्र प्रदान गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले शीतल निवासमा आज एक समारोहबीच जनरल पाण्डेलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको निमन्त्रणामा हिजो उहाँ नेपाल भ्रमणमा आउनुभएको हो । दुवै देशले एकअर्काको सेनाध्यक्षलाई मानार्थ महारथीको दर्ज्यानी प्रदान गर्ने परम्परा विगतदेखि रहिआएको छ ।

सो अवसरमा रक्षामन्त्रीको समेत जिम्मेवारी समाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवा, मुख्यसचिव शङ्करदास वैरागी नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button