तपाईँ सुन्दै हुनुहुन्छः

हनुमानढोका-स्वयम्भू जोड्ने ‘सम्पदा पदमार्ग’ विश्व पर्यटनकै नमुना बन्नेछ : पर्यटनमन्त्री श्रेष्ठ 

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले विश्व सम्पदा सूचीमा सूचीकृत दुई सम्पदा हनुमानढोका दरबार स्क्वायर र स्वयम्भूबीच निर्माण हुने सम्पदामार्ग विश्व पर्यटनकै नमुना बन्ने बताउनुभएको छ । 

काठमाडौँमा हनुमानढोका–स्वयम्भू सम्पदामार्ग लक्षित गरी पहिलोपटक आयोजना गरिएको स्थानीय पथप्रदर्शक तालिम समापन कार्यक्रममा मन्त्री श्रेष्ठले हनुमानढोका(स्वयम्भू जोड्ने ‘सम्पदा पदमार्ग’ आन्तरिक तथा बाह्य पर्यटन आकर्षित गर्ने नमुना गन्तव्यस्थल बन्ने बताउनुभयो । विश्व सम्पदा सूचीमा सूचीकृत दुई सम्पदा जोड्ने गरी पदमार्ग बन्नु विश्व पर्यटनमै दुर्लभ संयोग रहेको मन्त्री श्रेष्ठको भनाइ छ । 

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले स्थानीय कला, शिल्प र काठमाडौँ महानगरका सम्पदाबारे आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी प्रदान गर्न स्थानीय पथप्रदर्शक ९लोकल गाइड० तालिम सञ्चालन गरेको हो । पहिलो चरणमा विश्व सम्पदा सूचीमा सूचीकृत दुई सम्पदा हनुमानढोका दरबार स्क्वायर र स्वयम्भू सम्पदामार्ग क्षेत्रका ३० जना स्थानीय युवाहरूलाई तालिममा सहभागी गराइएको थियो । स्थानीय पथप्रदर्शक (लोकल गाइड) तालिममा स्थानीय महत्त्वका विभिन्न संरचना र दुर्लभ वास्तुकलाका साथै  पदमार्गमा पर्ने मठमन्दिर, पाटी, सत्तल, ढुंगेधारा, पार्क, नदी, पोखरीहरूबारे जानकारी प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।  

पदमार्गअन्तर्गत रहेका सम्पदाको मर्मत तथा पुनर्निर्माण कार्य समेत अघि बढिसकेको छ । उक्त क्षेत्रमा रहेका परम्परागत नेवा: शैलीका भवन, बौद्ध एवं हिन्दु धार्मिक तथा सांस्कृतिक महत्त्वका सम्पदाहरूको संरक्षण गरी काठमाडौँको वैभव देखिने गरी नमुना सम्पदा मार्ग निर्माण गरिनेछ । विश्व सम्पदा सूचीमा सूचीकृत दुई सम्पदाबीचको दुरी २.२ किलोमिटर रहेको छ । पदमार्गमार्फत पर्यटन तथा सम्पदा संरक्षण गर्ने लक्ष्य राखिएको छ । मन्त्री श्रेष्ठले आफ्नो ७३ बुँदे कार्ययोजनामा समेत स्थानीय पथप्रदर्शक ९लोकल गाइड० तालिम सञ्चालनको विषय समेट्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button