राम कार्की ओखलढुङ्गाबाट सिफारिस

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री राम कार्कीलाई आगामी निर्वाचनको लागि ओखलढुङ्गा जिल्लाबाट संघीय प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष तर्फको उम्मेदवारको रुपमा सिफारिस गरिएको छ ।
जिल्ला कमिटी बैठकले प्रतिनिधि सभा सदस्यको लागि कार्की सहित समानुपातिक तर्फ चम्पा देवी कार्कीलाई उम्मेदवार बनाउनु निर्णय गरेको जिल्ला संयोजक निशान्त शर्माले बताउनु भयो ।
त्यसैगरि प्रदेश क को प्रत्यक्ष तर्फ राम कुमार कार्की, नरेन्द्र खतिवडा र खुद बहादुर खत्रीलाई उम्मेदवार बनाएको छ भने प्रदेश सभा ख बाट प्रत्यक्ष तर्फ बाबुराम गौतम, मोहन कुमार खड्का र खड्ग योगीलाई उम्मेदवार बनाएको छ ।
पूर्वमन्त्री कार्की २०७४ को निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको थियो । उहाँले नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई पराजित गर्नुभएको थियो । कार्कीको उम्मेदवारीले शर्मालाई राहत मिलेको बताइएको छ ।
नेता कार्की ओखलढुङ्गाको माम्खामा जन्मनु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्