तपाईँ सुन्दै हुनुहुन्छः

टीकापुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा चक्रपाणि सापकोटा 

टीकापुर, कैलाली । टीकापुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा चक्रपाणि सापकोटा निर्वाचित हुनुभएको छ । प्रतिद्वन्द्वी तपेन्द्रबहादुर स्वाँरलाई ७० मतले पराजित गर्दै सापकोटा निर्वाचित हुनु भएको हो । सापकोटाले ४६५ मत ल्याउँदा स्वाँरले ३९५ मत प्राप्त गर्नु भएको थियो । यस्तै अर्का अध्यक्षमा उम्मेदवार राजेन्द्रबहादुर शाहले १२५ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृत रघुनाथ उपाध्यायले जानकारी दिनुभयो । 

यस्तै उपाध्यक्षमा वाणिज्य तर्फ कृष्णप्रसाद उपाध्याय (बजगाईँ), उद्योग तर्फ सन्तोष खड्का (बाबु), महासचिवमा नवराज रिमाल, सचिवमा तपेन्द्र कुँवर, कोषाध्यक्षमा लोकेश साउँद निर्वाचित हुनु भएको छ । 

खुल्ला सदस्यमा प्रकाश उपाध्याय (तिमिल्सिना), पृथ्वीराज ढुङ्गाना, हेमन्त रावल, बमबहादुर ओली, लालबहादुर चौधरी, दुर्गा शाहु, नमराज देवकोटा, हंशराज रावल निर्वाचित हुनु भएको छ । 

यस्तै महिला सदस्यमा टीका शाही, दलित सदस्यमा माया वागदास र जनजाति सदस्यमा जितबहादुर चौधरी निर्वाचित हुनु भएको छ । आगामी ३ वर्षे कार्यकालको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदानमा १ हजार ३८ मत खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button