तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा विप्लव समूहका एक दर्जन नेता नेपाली काँग्रेसमा प्रवेश

काठमाडौँ । नेकपा विप्लव समूहका एक दर्जन नेता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँहरूलाई काँग्रेसको सदस्यता दिएर पार्टी प्रवेश गराउनुभएको हो ।

नेकपा विप्लव समूहका वैकल्पिक केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज रमेश परियार, जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष रवीन्द्र सुनार, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) कञ्चनपुरकी अध्यक्ष कल्पना परियार, नेकपा काठमाडौँ–कञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष दिपेश नागरी र मञ्चका सचिव राधव परियारलगायत कांग्रेसका प्रवेश गरेका हुन् । 

कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको पहलमा उहाँहरू कांग्रेस प्रवेश गर्नुभएको हो ।रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button