सवारी दुर्घटनामा दुई प्रहरीको मृत्यु
सुनसरी । सुनसरीको कोसी गाउँपालिका १ मा सवारी दुर्घटनामा दुई जना प्रहरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरी सप्तकोसी नगरपालिका ३ का प्रहरी हबल्दार दुर्गानन्द चौधरी र सशस्त्र प्रहरी सहायक हबल्दार प्रकाश गोजेवार रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ६० प ४४९२ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को २ च २६४९ नम्बरको पिकप भ्यानले ठक्कर दिँदा मोटरसाइकलमा सबार दुवै जनाको मृत्यु भएको हो ।
पिकअप भ्यानको ठक्करबाट चौधरीको घटना स्थलमा र गोजेवारको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने पिकअप भ्यान र चालक कोसी गाउँपालिका ३ का दिपक गोसाईं प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक राईले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्