तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा ६० औँ वार्षिकोत्सव मनाउँदै पिस कोर

काठमाडौँ । अमेरिकी पिस कोरका स्वयंसेवकहरू आएर नेपालमा काम गर्न सुरुगरेको ६० वर्ष पुगेको छ ।

सन् १९६२ को सेप्टेम्बर महिनामा पहिलो पटक नेपाल आई अमेरिकी स्वयंसेवकहरूले काम गर्नुभएको थियो । त्यो बेला ७० भन्दा बढी स्वयंसेवकहरूको समूह पहिलो पटक काठमाडौं आएको थियो ।

यो अवधीमा झन्डै ४ हजार अमेरिकीहरूले नेपालमा स्वयंसेवक भई सेवा गरिसक्नुभएको छ ।

पिस कोर विश्व शान्ति तथा मित्रताको उद्देश्यबाट अभिप्रेरित स्वयंसेवक, समुदायका सदस्य, आतिथेय मुलुकका साझेदार र कर्मचारीहरूको एउटा अन्तर्राष्ट्रिय सेवा सञ्जाल हो ।

पिस कोरका स्वयंसेवकहरूले नेपालभर मुख्यतः विद्यालय र कलेजहरूमा सेवा दिने गर्नुृभएको छ ।

नेपाल र अमेरिकाबिच दिगो सम्बन्धको सृजना गर्नमा पनि यी स्वयंमसेवकहरुको ठूलो भूमिका छ ।

शिक्षा, वातावरण, कृषि, प्राकृतिक स्रोतसाधन र आर्थिक विकासलगायत बहुल क्षेत्रका परियोजनाहरूमा पिस कोरका स्वयंसेवकहरूले नेपालमा सेवा दिंदै आउनुभएको छ ।

कोरोना महामारीका कारण सन् २०२० मार्च महिनायता अमेरिकाले नेपाल लगायत विभिन्न देशमा पिस कोर पठाएको छैन। दूतावासले अमेरिकी पिस कोर स्वंसेवकलाई फिर्ता ल्याउने योजना रहेको जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button