राजविराज नगरपालिकाद्वारा घर नक्सा पास गर्ने कार्य स्थगित
राजविराज । राजविराज नगरपालिकाले घर नक्सा पास गर्ने कार्य स्थगित गरेको छ ।
नगरपालिकाले आज एक सूचना जारी गर्दै घर नक्सा पास तथा अभिलेखीकरण कार्य स्थगित भएको जनाएको छ । प्राविधिक कारणवस स्थगन गर्नुपरेको जनाउँदै यससम्बन्धी अर्को सूचना जारी नभएसम्म उक्त सेवाहरू उपलब्ध गर्न नसकिने सूचनामा जनाइएको छ ।
‘यसबाट सेवाग्राहीमा हुन जाने असुविधाप्रति नगर कार्यपालिकाको कार्यालय क्षमाप्रार्थी छ’ सूचनामा भनिएको छ।








प्रतिक्रिया राख्नुहोस्