तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेश सभाको दशौं अधिवेशन अन्त्य

file photo

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको दशौं अधिवेशन आजदेखि अन्त्य भएको छ । आज बसेको प्रदेश सभा बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन अन्त्य सम्बन्धी पत्र बाचन गर्नु भएको थियो ।

प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले दशौं अधिवेशन अन्त्य गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो । 

त्यस अघि प्रदेश सभा बैठकले प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७८ पारित गरेको थियो । उक्त विधेयक बिहीबारको प्रदेश सभा बैठकमा प्रस्तुत गरिएको थियो । सुदूरपश्चिम प्रदेश सभाको पहिलो कार्यकालको यो अन्तिम बैठक हो । सुदूरपश्चिम प्रदेश सभाले पाँच वर्षको अवधिमा प्रदेश सभा बैठकबाट ६६ विधेयक पारित गरेको सचिवालयले जनाएको छ । 

अधिवेशनको समापन पश्चात् प्रदेश सभा परिसरमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री त्रिलोचन भट्ट, सभामुख अर्जुनबहादुर थापा, मन्त्रीगण, प्रदेश सभा सदस्यहरु, कर्मचारी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button