आर्थिक समृद्धि र सुशासन सरकारको प्रमुख प्राथमिकतामा : अर्थमन्त्री शर्मा

नेपालगञ्ज । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक समृद्धि र सुशासन सरकारको प्रमुख प्राथमिकता भएको बताउनुभएको छ ।
बाँकेको नरैनापुरमा नरैनापुर गाउँपालिकाद्वारा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले जनताको जीवनस्तरमा सुधार ल्याउँदै समृद्ध मुलुक बनाउने उद्देश्यका साथ सरकार अघि बढेको बताउनुभयो ।
उहाँले पछाडि परेका क्षेत्रहरूलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताउनुभयो ।
नरैनापुर पिछडिएको क्षेत्र भएकाले नरैनापुर सरकारको नजरमा रहेको भन्दै मन्त्री शर्माले खडेरीका कारण अप्ठेरोमा परेको नरैनापुरका लागि विशेष प्याकेज ल्याउने प्रतिबद्धता जनाउनुभयो ।नरैनापुरलाई भोकै बस्ने अवस्था आउन नदिने मन्त्री शर्माको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्