सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक छलफलको लागि समितिमा

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलको लागि संसदीय समितिमा पठाएको छ ।
बैठकले कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले दफावार छलफलका लागि उक्त विधेयकलाई सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत गर्नु भएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्