तपाईँ सुन्दै हुनुहुन्छः

अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालन

पाल्पा । पहिरोका कारण अवरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा सञ्चालन भएको छ । 

अविरल वर्षाको कारण तिनाउ गाउँपालिका–५ हिउँदे खोलामा पहिरो गई बिहीबार दिउँसोबाट अवरुद्ध भएको राजमार्ग सञ्चालनमा आएको हो ।

आज बिहान करिब ६ः३० बजे रुख सहितको पहिराले ड्राईभर्सन समेत बगाउदा राजमार्ग पुनः पूर्ण रुपमा अवरुद्ध भएको थियो । अवरुद्ध सडक अहिले दिउँसो साढे १ बजेबाट एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

पहिरो खसिरहेको कारण जोखिम भने कायमै रहेकोले जोखिमलाई ध्यानमा राखी यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ । 

राजमार्ग सञ्चालन भएसँगै सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button