तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुर कांग्रेसद्धारा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि ३५ जनाको नाम सिफारिस

भोजपुर । नेपाली कांग्रेस भोजपुरले आगामी ४ मङ्सिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि ३५ जनाको नाम प्रदेश समितिमा सिफारिस गरेको छ । सिटका विषयमा गठबन्धन दलमा टुङ्गो लागिनसके पनि प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिक उम्मेदवारको नामावली नेपाली कांग्रेस भोजपुरले प्रदेश समितिमा पठाएको हो ।

प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि उमेशजंग रायमाझी, विनोद बान्तवा र शिव खत्रीको नाम सिफारिस गरिएको कांग्रेस भोजपुर सभापति विनोद बान्तवाले बताउनुभयो । त्यस्तै समानुपातिकतर्फ धर्मराज राई, नन्दमणि राई, बालकृष्ण थापा, माया राई र शिशिरा राईको नाम पठाइएको छ । भोजपुरमा प्रतिनिधिसभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र छ ।

प्रदेश ‘क’ तर्फको प्रत्यक्षतर्फ उत्तमकुमार चापागाईँ, गजेन्द्र बहादुर कार्की, बाबुराम बस्नेत र हेमन्त मुकारुङ राईको नाम सिफारिस गरिएको सभापति बान्तवाले बताउनु भयो । समानुपातिकतर्फ भने आङबाबु शेर्पा, टंकबहादुर पाण्डे, बालकृष्ण राई, वीरबल राई, राजेन्द्र राई र रोहित विकको नाम प्रदेश समितिलाई सिफारिस गरिएको छ ।

यस्तै प्रदेश ‘ख’ तर्फको प्रत्यक्षतर्फ गोविन्दबहादुर कार्की, दिनेश कार्की, सूर्यप्रसाद राई, मदनबहादुर खुलाल, नारायणबहादुर राउत, अमृत राई, गणेश राई, दिनेश घिमिरे र महेश बस्नेतको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ धीरेन्द्रकुमार श्रेष्ठ, विश्वनाथ पराजुली, निरकुमार विश्वकर्मा, सितारा राई, निर्मला खड्का, शुभचन्द्र राई, पार्वती श्रेष्ठ र राजन खतिवडाको नाम पठाइएको छ । सिफारिस गरिएका नाम पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button