तपाईँ सुन्दै हुनुहुन्छः

अवरुद्ध मेलम्ची –पाँचपोखरीसडक सुचारु

सिन्धुपाल्चोक।पहिरोका कारण विगत २ हप्तादेखी अवरुद्ध मेलम्ची पाँचपोखरी सडक सुचारु भएको छ । मेलम्ची ९ राम्चे डाँडामा सडक भाँसिदा सडक अवरुद्ध भएको थियो ।

जोखिम मोलेरै सर्वसाधारणहरू यात्रा गर्न थालेपछि दुर्घटना हुनसक्ने भन्दै मेलम्ची मेलम्ची नगरपालिकाले र पाँचपोखरी थाङ्पाल गाउँपालिकाले जोखिम मोलेर यात्रा नगर्न आग्रह गर्दै सडक मर्मतको काम सुरु गरेको थियो ।

ठुला सवारी साधन बन्द गराएर मेलम्ची नगरपालिकाले जाली भर्ने तथा मर्मतको कार्य गरेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो । शुक्रबार बिहानबाट सडक पूर्ण रुपमा सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले जानकारी दिनुभयो ।

सडक बन्द हुँदा चाडपर्व मनाउन आउँजाउ गर्ने लगायतलाई समस्या भएको थियो । सडक अवरुद्ध हुँदा पाँचपोखरी थाङपाल गाउँपालिकाका पुरै र मेलम्ची नगरपालिकाका केही भेगका नागरिकहरू प्रभावित भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button