पाकिस्तानमा बाढीका कारण पानी जन्य सरुवा रोगहरूमा वृद्धि

काठमाडौं । पाकिस्तानका स्वास्थ्य अधिकारीहरूले विगत केही साता देखीको भीषण बाढीका कारण पानी जन्य सरुवा रोगहरूको प्रकोप बढेको बताएका छन् ।
बाढीले विस्थापित भएकाहरूलाई सरकारले बनाएको अस्थायी शिविरहरूमा झाडापखाला, छाला रोग र आँखामा देखिने समस्यामा तीव्र रूपले वृद्धि भएको स्वास्थ्य कर्मीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार संस्था अलजजिराले उल्लेख गरेको छ ।
बाढीले सबै भन्दा बढी प्रभावित सिन्ध प्रान्तमा मात्रै एकै दिनमा ९० हजार भन्दा बढी झाडापखालाका बिरामी भेटिएका अलजजिराले जनाएको छ ।
पाकिस्तानमा मनसुनी वर्षा र त्यसले ल्याएको बाढीमा कारण हाल सम्म एक हजार दुई सयको मृत्यु भइसकेको छ भने ३ करोड ३० लाख भन्दा बढी विस्थापित भएको छन्








प्रतिक्रिया राख्नुहोस्