तपाईँ सुन्दै हुनुहुन्छः

सिद्धार्थ राजमार्गमा नयाँ डाइभर्सनमा पनि पहिरो खस्यो

पाल्पा।निरन्तरको वर्षाका कारण मुख्य सडक भासिएको सिद्धार्थ राजमार्गको हिउँदे खोलामा रातिको समयमा नयाँ डाइभर्सन निर्माण भएपनि सवारी संचालन हुन सकेको छैन् ।

सडक डिभिजिन पाल्पाले गएराति नयाँ डाइभर्सन निर्माण गरेपनि रातिदेखि पुनः पानी परेका कारण पहिरो खसेर सवारी संचालनमा समस्या भएको हो ।

गएराति पौने दश बजेबाट नयाँ डाइभर्सन निर्माण गरिएको र निर्माण सम्पन्न हुनासाथ पानी परेका कारण दुई ठाउँमा पहिरो खसेको हुँदा सवारी संचालन हुन नसकेको हो ।

यस्तै नयाँ खोलिएको सडकमा समेत आज बिहान पहिरो खसेको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालले बताउनुभयो ।

अहिले पनि पानी परेका कारण सडक खुलाउने काम गर्न असहज भएको छ । माथिबाट पहिरो खस्ने र खनिएको सडक समेत पहिरोले बगाएपछि सडक खुलाउने विषय नै अन्यौलमा परेको सूचना अधिकारी लम्सालले बताउनुभयो ।

उक्त राजमार्गमा बिहीबार दिउँसो करिव ६० मिटर सडक पूर्ण रुपमा भासिएको थियो । सडकमा देखिएको समस्याका कारण यात्रुहरु भने अलपत्र परेका छन् । अहिले निरन्तर पानी परेका पानी रोकिएपछि मात्रै सवारी संचालन गर्नेगरी काम गरिने सडक डिभिजन पाल्पाले जनाएको छ ।

यसैबीच पहिरोका कारण सुनौली पोखराको यात्रा रोकिएको छ । बाह्रै महिना सास्तीको सडकका रुपमा रहेको यो रागमार्गको तानसेन बुटवल खण्डमा खासगरी चार्डवार्ढका बेला यात्रुले थप सास्ती खेप्नु परेको गुनासो गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button