तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा सिफारिस

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तर्फका लागि डडेलधुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस हुनुभएको छ ।

कांग्रेस डडेल्धुरा क्षेत्रीय समितिको सर्वसम्मत निर्णयबाट उहाँ आज प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस हुनुभएको हो । 

यसैगरी क्षेत्रीय समितिले प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ(क)बाट कांग्रेस डडेल्धुराका जिल्ला सभापति भीमबहादुर साउँद र (ख)बाट सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्दराज बोहरालाई सिफारिस गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button