वीरगंज महानगरपालिकाको कार्यपालिका बैठक १३ वटा एजेण्डा पारित

बीरगंज । बीरगन्ज महानगरपालिकाको आज सम्पन्न कार्यपालिकाको बैठक १३ वटा एजेण्डा पारित गर्दै सम्पन्न भएको छ ।
सार्वजनिक खरिद ऐनको विषयमा सामान्य विवाद भए पनि अन्य १३ वटा एजेण्डा पारित गर्दै बैठक सम्पन्न भएको कार्यपालिका सदस्य एवं वीरगंज महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रदीप चौरसियाले जानकारी दिनुभयो ।
सार्वजनिक खरिद ऐन संशोधन विषयमा ऐजन्डा प्रवेश गर्दा जसपाका वैजु स्वर्णकार र कांग्रेसका कन्हैया ठाकुरबीच विवाद भएको र विवाद साम्य भएसँगै पुनः बैठकले १३ वटा एजेण्डा सर्वसम्मति रुपमा पारित गरेको उहाँले बताउनुभयो ।
महानगरपालिकाका अनुसार वीरगन्ज विकास प्राधिकरण, बिपी पार्कको मुद्दा, कवाडी कर संशोधन, सार्वजनिक खरिद ऐन संशोधन लगायत १३ वटा एजेन्डामा छलफल गर्न आज कार्यपालिका बैठक बोलाइएको थियो ।








प्रतिक्रिया राख्नुहोस्