तपाईँ सुन्दै हुनुहुन्छः

भीरबाट लडेर सल्यानमा एक बालिकाको मृत्यु 

सल्यान । सल्यानमा भीरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । 

जिल्लाको कालीमाटी गाउँपालिका – १ आपचौर निवासी १५ वर्षीया रुपा पुलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

बुधबार साँझ करिब ६ बजेतिर घर नजिकै घाँस काट्न गएकोमा अबेरसम्म पनि घर नफर्किएपछि खोजी कार्य गर्ने क्रममा आज दिउँसो घरदेखि करिब १ किलोमिटर टाढा रहेको झालेपहर भीरमा पुलामी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

भीरबाट करिब ५० मिटर तल उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो । 

मृतक पुलामीको पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button