तपाईँ सुन्दै हुनुहुन्छः

नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गर्न अर्थमन्त्रीसँग माग

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर गाउँपालिकालाई सुख्खा क्षेत्र घोषणा गर्न माग गर्नुभएको छ ।

नेपालगञ्जबाट सुर्खेत जाने क्रममा मन्त्री शर्मालाई अध्यक्ष शाहले आज बिहान भेट गरी नरैनापुरमा लामो समयसम्म परेको खडेरीका कारण त्यस क्षेत्रमा लगाइएको धानबाली नष्ट हुन लागेको भन्दै पालिकाले सुख्खा ग्रस्त क्षेत्र घोषणा गरेपनि संघीय र प्रदेश सरकारले चासो नदेखाएको प्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले राहतको पहल गरिदिन अर्थमन्त्री शर्मासँग आग्रह समेत गर्नुभएको छ ।  

अर्थमन्त्री शर्माले नरैनापुरको अवस्थाका बारेमा आफूलाई जानकारी भएको बताउँदै नरैनापुरको ६ वटै वडाका लागि डिप बोरिङको तत्काल व्यवस्था गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button