तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री देउवाबाट विश्वकप क्रिकेटको ट्रफी अवलोकन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी अवलोकन गर्नुभएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा उहाँले टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी अवलोकन गर्नुभएको हो।

ट्रफी सोमबार नेपाल आइपुगेको थियो । विश्वकपको एक सय दिने टुरको सिलसिलामा ट्रफी नेपाल ल्याइएको हो। उक्त ट्रफी नेपालसहित संसारका १३ का ३५ स्थानमा प्रदर्शनी हुँदैछ।

१६ देशको सहभागिता रहने आइसिसी टी–२० विश्वकप क्रिकेट आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म अस्ट्रेलियामा हुँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button