जनकपुरधाममा आजदेखि तीन दिने गणेश उत्सव पर्व मनाइँदै
जनकपुरधाम । जनकपुरधाममा आजदेखि तीन दिनसम्म गणेश पुजनोत्सव मनाईदैछ । जनकपुरधामको रामचौकमा रहेको गणेश मन्दिरमा बिहानैदेखि भक्तजनहरूको भिड लागेको छ ।
जनकपुरधामको रामचौकमा रहेको गणेश मन्दिरलाई भव्य रुपमा सजाइएको छ । गणेशको जन्म भएको दिनको अवसरमा गणेश चौठी पर्व मनाइने चलन रहेको छ ।
यसैगरी जनकपुरधामको ज्ञानकूप क्षेत्रमा पनि धुमधामका साथ गणेश उत्सव मनाईदैछ । उक्त ठाउँमा भव्य तथा आकर्षक पण्डालको निर्माण गरी गणेश पुजनोत्सवको आयोजना गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्