तपाईँ सुन्दै हुनुहुन्छः

निजामती विधेयकबारे भ्रम फैलाउन खोजियो: मुख्यमन्त्री भट्ट 

धनगढी  । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले निजामती विधेयकबारे भ्रम फैलाउन खोजिएको बताउनुभएको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सरकारी सञ्चार माध्यमका प्रतिनिधिहरूसँग कुरा गर्नुहुँदै उहाँले तल्लो तहका कर्मचारीको हितका लागि सरकारले उक्त विधेयक ल्याएको बताउनुभयो । 

मुख्यमन्त्री भट्टले हाल कार्यरत सवारी चालक र कार्यालय सहयोगीलाई स्थायी पदपूर्ति गर्नुपर्छ भन्ने प्रदेश सरकारको स्पष्ट धारणा रहेको र ती कर्मचारीलाई प्रदेश लोकसेवा आयोगले प्रक्रिया पूरा गरेर दरबन्दीमा पदपूर्ति गर्ने भनेर विधेयकमा व्यवस्था गरिएको बताउनुभयो । 

सञ्चारकर्मीको जिज्ञासामा उहाँले राजनैतिक पूर्वाग्रही राखेर विधेयकबारे अनावश्यक हल्ला गरिएको भन्दै असुन्तष्टी ब्यक्त गर्नुभयो । 

प्रदेश सरकारले एक बर्षअघि प्रदेशसभामा टेबुल गरेका ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८’ यही भदौ १३ गते बसेको प्रदेशसभा बैठकले बहुमतले पारित गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button